फास्ट ट्र्याकमा निरन्तर ढिलासुस्ती : सुरुङमार्ग र पुलको ठेक्का प्रक्रिया रद्द गर्न निर्देशन
abhiyandaily.com
काठमाडौं । काठमाडौं–तराई दु्रतमार्ग आयोजनामा निरन्तर ढिलासुस्ती हुँदै आएको छ । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउनेदेखि दु्रतमार्गको मुख्य र जटिल मानिएको सुरुङमार्ग र विशेष पुल निर्माणको ठेक्का प्रक्रियामा विलम्ब हुँदै आएको हो । संसद्को सार्वजनिक लेखा समितिले बिहीवारमात्रै दु्रतमार्गको दोस्रो प्याकेजअन्तर्गतको सुरुङमार्ग र पुलको खरीद प्रक्रिया नै रद्द गर्न निर्देशन दिएपछि आयोजना अझै लम्बिने देखिएको छ । मन्त्रिपरिषद्को २०७४ वैशाखमा बसेको बैठकको निर्णयअनुसार सोही वर्षको साउनमा दु्रतमार्ग निर्माणको व्यवस्थापन नेपाली सेनालाई हस्तान्तरण गरिसकेको छ । त्यसयता दु्रतमार्ग निर्माणमा विभिन्न कारण देखाई ढिलासुस्ती हुँदै आएको हो ।
समितिको बैठकले दु्रतमार्ग ठेक्काको दोस्रो प्याकेजको सुरुङमार्ग र विशेषखालको पुलको बोलपत्रमा प्रतिस्पर्धालाई निषेध गरिएको भन्दै पूर्वयोग्यता (प्रिक्वालिफिकेशन–पीक्यू) का लागि अघि बढाएको खरीद प्रक्रिया नै रद्द गर्न निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)