रियलले गुमायो शीर्षमा उक्लने अवसर
ekantipur.com · Mon Nov 06 01:10:05 GMT 2023
म्याड्रिड — रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । बर्नाबाउमा भएको खेलमा उसलाई रायो भाल्कानोले गोलरहित बराबरीमा रोकेको हो । यो नतिजापछि रियल दोस्रो स्थानमै रह्यो । उसको २९ अंक छ ।
रायो भाल्कानो सबै खाले प्रतियोगिताका पछिल्ला नौ खेलमा अपराजित छ र उसको उत्कृष्ट लय कायम छ । रियलले भने उसकाविरुद्ध आफ्नो घरेलु मैदानमा अपेक्षा अनुसार खेल्न सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)