चीनमा ‘न्यानो प्रविधि’ मा आधारित कम्पनीहरू तीव्र गतिमा वृद्धि
ratopati.com · Tue Sep 02 17:43:00 GMT 2025

बेइजिङ। विगत २५ वर्षमा विश्वभर स्वीकृत ‘न्यानो प्रविधि’सम्बन्धी आविष्कार अधिकार (पेटेन्ट) हरूको ४३ प्रतिशत हिस्सा चीनको रहेको छ । यो तथ्य आइतबार बेइजिङमा आयोजित एक औद्योगिक मञ्चमा सार्वजनिक गरिएको ‘चीन न्यानो प्रविधि उद्योग २०२५’ शीर्षकको श्वेतपत्रमा उल्लेख गरिएको हो ।
‘पेटेन्ट’ भन्नाले कुनै नयाँ आविष्कार, प्रक्रिया, उपकरण वा प्रविधिमा अधिकार प्रदान गर्ने कानुनी प्रमाणपत्र हो, जसले आविष्कारकर्तालाई एक सीमित अवधिको लागि त्यो आविष्कारको उपयोग, उत्पादन र वितरणमा विशेष अधिकार दिन्छ । यसको उद्देश्य नवप्रवर्तनलाई प्रोत्साहन गर्नु हो । पेटेन्ट पाएको आविष्कार अरूले बिना अनुमति प्रयोग गर्न पाउँदैनन्, जसले प्रतिस्पर्धामा पारदर्शिता र आविष्कारको व्यवसायीकरणलाई सहयोग पुर्याउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)