रास्वपाले केन्द्रीय समितिबाट हटाएकोमा सोम शर्माको आपत्ति, आयोगमा उजुरी दिँदै
nepalpress.com · Tue Jun 30 08:58:54 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज निर्वाचित केन्द्रीय सदस्यहरुको सूचीमा हेरफेर गर्दा बाग्लुङका सोम शर्मा केन्द्रीय समितिबाट फ्याँकिएका छन् । उनको स्थानमा पूजा बास्तोलालाई भित्र्याइएको छ ।
पूजाले आफूभन्दा कम मत ल्याएकालाई जिताएर आफूलाई पन्छाइएको भन्दै पार्टीको निर्वाचन आयोगमा उजुरी दिएकी थिइन् । गण्डकी प्रदेशका लागि भएको चुनावमा पूजाले ९१३ मत ल्याउँदा विष्णुकुमारीको ८०० मत आएको थियो । तर, आयोगले पूजालाई हराएर उनीभन्दा कम मत ल्याएकी विष्णुकुमारी गुरुङ (एकता) लाई केन्द्रीय सदस्यमा विजयी घोषणा गरेपछि विवाद उब्जिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)