मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

प्रेरक प्रसंग : दुई जोडी पदचिह्न

nayapatrikadaily.com · Sun Dec 03 00:06:00 GMT 2023

जन्मको ठीकअघि एक बालक भगवान्सित गुनासो गर्छन्– प्रभु, म नयाँ जन्म लिएर पृथ्वीमा जान चाहन्नँ, त्यहाँ खराब मानिस बस्छन् । भगवान्ले स्नेहपूर्वक सृष्टिको नियमअनुसार नयाँ जन्मको महत्व बताएर सम्झाएपछि बालक नयाँ जन्मका लागि तयार भए ।

बालकले भने– ठीक छ प्रभु, हजुरको यही इच्छा छ भने म मृत्युलोक जान तयार छु । तर, हजुरले मलाई एउटा वचन दिनुपर्छ । भगवान्ले भने– भन पुत्र, तिमी के चाहन्छौ ? बालकले भने– म जबसम्म पृथ्वीमा रहन्छु, एकछिन पनि हजुरले मेरो साथ छाड्न पाउनुहुन्न । भगवान्ले आफूले त्यस्तै गर्ने वचन दिए । बालकले भने– तर, पृथ्वीमा त हजुर अदृश्य हुनुहुन्छ । मैले हजुर मेरै साथमा हुनुहुन्छ भनेर कसरी थाहा पाउन सक्छु त ? भगवान्ले हाँस्दै जवाफ दिए– जब–जब तिमीले आफ्ना आँखा बन्द गर्नेछौ, तब–तब दुई जोडी पदचिह्न देख्नेछौ । तिनलाई देखेपछि म तिम्रो साथमै छु भन्ने सम्झनू ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)