मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

चितवनमा स्क्रब टाइफसका संक्रमित २३४ पुगे

nepalnews.com · Tue Oct 13 08:57:24 GMT 2026

चितवन। चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या २३४ पुगेको छ। जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लाभित्रका १४२ जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ जना गरी कुल २३४ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको हो।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले हालसम्म एक हजार ८१६ जनाको नमूना परीक्षण गरिएकामा उक्त संख्यामा संक्रमण देखिएको बताए। उनका अनुसार जिल्लाका स्थानीय तहअनुसार सबैभन्दा बढी रत्ननगर नगरपालिकामा ४६ जना (१८ पुरुष, २८ महिला) र भरतपुर महानगरपालिकामा ३२ जना (नौ पुरुष, २३ महिला) मा संक्रमण पुष्टि भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)