साझा मुद्दामा मुख्यमन्त्रीहरूको मोर्चाबन्दी, प्रधानमन्त्रीसँग सामूहिक संवादको तयारी
annapurnapost.com · Tue Oct 13 08:54:50 GMT 2026

विराटनगर : संविधानले दिएको अधिकार कार्यान्वयन नभएको र संघीय सरकारले आवश्यक कानुन तथा स्रोतसाधन उपलब्ध नगराएको भन्दै प्रदेशका मुख्यमन्त्रीहरू साझा दबाब सिर्जना गर्ने तयारीमा जुटेका छन्।
प्रदेश सरकारका समस्या छुट्टाछुट्टै उठाउँदा सुनुवाइ नभएको निष्कर्षसहित सातै प्रदेशका मुख्यमन्त्रीहरूले मोर्चाबन्दी गरेका हुन्। उनीहरु साझा एजेन्डा बनाएर प्रधानमन्त्रीसँग सामूहिक छलफल गर्ने तयारीमा छन्। कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा मंगलबारदेखि सुरु अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी मुख्यमन्त्रीहरूले संघीयता प्रभावकारी बनाउन अधिकार बाँडफाँट, कानुन निर्माण, प्रशासनिक स्वायत्तता र वित्तीय हस्तान्तरणका विषय तत्काल टुंग्याउनुपर्नेमा जोड दिए। सम्मेलनबाट प्रदेशका साझा समस्या पहिचान गरी संयुक्त निष्कर्षसहित संघीय सरकारसमक्ष प्रस्तुत गर्ने तयारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)