इन्द्रसरोवर ताल सरसफाइ
gorkhapatraonline.com · Sat May 16 04:16:51 GMT 2026

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठुलो मानव निर्मित जलाशयका रूपमा परिचित इन्द्रसरोवर तालवरिपरि बृहत् सरसफाइ गरिएको छ । आठ वर्षपछि सञ्चालन गरिएको सरसफाइ अभियानबाट तीन ट्रकभन्दा बढी फोहोर सङ्कलन गरिएको मत्स्य विकास केन्द्र कुलेखानीले जनाएको छ । पर्यटकीय क्षेत्रबाट सङ्कलित फोहोरमध्ये प्लास्टिकजन्य र सिसाजन्य सामग्री छुट्याइएको छ ।
इन्द्रसरोवर तालक्षेत्रमा आउने आन्तरिक पर्यटकले जथाभाबी फाल्ने पानीका बोतल, मदिराका सिसा तथा चाउचाउ, चिप्सलगायतका खानेकुराका प्लास्टिकजन्य फोहोरका कारण इन्द्रसरोवर क्षेत्र प्रदूषित बन्दै गएको थियो । ताल वरपर फालिएको फोहोरले पर्यटकीय सौन्दर्यसँगै जलीय वातावरणसमेत प्रभावित भएको स्थानीयले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)