पाकिस्तानमा तालिबानविरुद्धको ड्रोन आक्रमणमा ११ जनाको मृत्यु
barnanmedia.com · Sat Mar 29 23:21:29 GMT 2025

अफगानिस्तानसँग सीमा जोडिएको उत्तरी प्रान्त खैबर पख्तुनख्वामा तालिवानविरुद्ध पाकिस्तानी सेनाले गरेको ड्रोन आक्रमणमा ११ जनाको मृत्यु भएको एक प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
अधिकारीले शुक्रबार राति पाकिस्तानी तालिबानलाई लक्षित गरी ‘तीन ड्रोन आक्रमण’ गरिएको बताउँदै आक्रमणबाट पीडितमा दुई महिला र तीन बालबालिका पनि परेकाछन् ।उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा ‘सशस्त्र तालिवान’ विरुद्धको सुरक्षा कारबाहीका क्रममा सशस्त्र लडाकू समूहको आक्रमणमा परी सात सैनिकको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । ‘एउटा घरमा लुकेर बसेका लडाकुले सुरक्षाकर्मीमाथि गोली चलाएका थिए,’ स्रोतले भन्यो । घन्टौँसम्म चलेको भिडन्तमा सेनाले लडाकू हेलिकप्टर तैनाथ गरेको थियो जसमा आठ जना तालिवान लडाकू मारिएका थिए भने अन्य छ जना सैनिक घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)