चितवनमा स्क्रब टाइफसबाट संक्रमितको संख्या २३४ पुग्यो
himalpress.com · Tue Oct 13 09:36:59 GMT 2026

चितवन- चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या २३४ पुगेको छ। जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लाभित्रका १४२ जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ जना गरी कुल २३४ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको हो।
कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले हालसम्म एक हजार ८१६ जनाको नमुना परीक्षण गरिएकामा उक्त संख्यामा संक्रमण देखिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)