मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

khabarhub.com · Tue Oct 13 09:41:07 GMT 2026

बेत्रावती – नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा)मा सहभागी भएका छन् ।

नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा आज बौद्ध परम्पराअनुसार लामाहरूले पूजा गरेका छन् । पूजामा सहभागी हुँदै प्रचण्डले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)