मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नियामकको स्वीकृतिभन्दा फरक इन्टरनेट प्याकेज बेच्ने १४ सेवा प्रदायकलाई जरिवाना

arthasansar.com · Tue Oct 13 10:02:29 GMT 2026

नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई ५० हजारका दरले जरिवाना गरेको छ । प्राधिकरणबाट गरिएको निरीक्षण तथा जाँचबुझ प्रतिवेदनका आधारमा अनुमतिपत्रको सर्त विपरीत कार्य गरेको भन्दै ती सेवाप्रदायकहरूलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (१) बमोजिम जनही ५० हजार रुपैयाँ जरिवानासहित कारवाही गरिएको नेपाल दूरसञ्चार प्राधिकरणले बताएको छ ।

प्राधिकरणको स्वीकृति नलिई सञ्चालन गरिएका सम्पूर्ण इन्टरनेट सेवाका प्याकेज तथा शुल्कहरू तत्काल बन्द गरी त्यसको जानकारी प्राधिकरणलाई गराउन ती सेवाप्रदायकहरूलाई निर्देशन दिइएको पनि उनले जानकारी दिएका छन् । सेवा प्रदायकहरुलाई कुनै ग्राहकबाट गुनासो आएको र हानि नोक्सानी भएको भए क्षतिपूर्ति भराउनसमेत प्राधिकरणले निर्देशन दिएको छ । दूरसञ्चार ऐन, २०५३ बमोजिम दूरसञ्चार सेवाका जुनसुकै प्याकेज वा शुल्क अनिवार्य रूपमा प्राधिकरणबाट स्वीकृत गराएर मात्र लागू गर्नुपर्ने व्यवस्था छ। प्राधिकरणको स्वीकृतिबिना कुनै पनि प्याकेज तथा शुल्क सञ्चालन नगर्न र प्रचलित ऐन, नियम तथा अनुमतिपत्रका सर्तहरूको पूर्ण पालना गरी सेवा सञ्चालन गर्न सम्पूर्ण दूरसञ्चार सेवाप्रदायकहरूलाई निर्देशनसमेत दिइएको अर्यालले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)