६ वर्षीया बालिकाको डुबेर मृत्यु
barnanmedia.com · Sat Mar 29 23:25:24 GMT 2025

यहाँको सिरिजङ्घा गाउँपालिका–५ खेसेवामा छ वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ । स्थानीय ताराहाङ माबोकी छोरी ईतुङना माबोको पौडी खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार घर नजिकै पानी ट्याङ्कीमा डुबेको अवस्थामा स्थानीयले फेला पारेका थिए । प्राथमिक उपचारका लागि निजलाई प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)