स्पष्टीकरण दिने नेपाल पक्षको तयारी : राजनीतिक रूपमा खुला जवाफ, ओलीलाई प्रश्न पनि
nepalkhabar.com · Wed Mar 24 17:08:41 GMT 2021
माधवकुमार नेपालसहित नेकपा (एमाले) का ४ नेताले अध्यक्ष केपी शर्मा ओली पक्षले मागेको स्पष्टीकरणको जवाफ राजनीतिक विषयवस्तु बनाई सार्वजनिक रूपमा दिने भएका छन्। पार्टीभित्रको अन्तर–संघर्ष राजनीतिक विषय भएकाले त्यसैअनुसार जवाफ दिने र सँगसँगै अध्यक्ष ओलीलाई प्रश्न पनि गर्ने तयारी उनीहरूले गरेका हुन्।
‘स्पष्टीकरण भनेको राजनीतिक विषय भएकाले त्यसैअनुसारको जवाफ जान्छ। स्पष्टीकरण मागिएको विषय सार्वजनिक गरिएको छ। जवाफ पनि खुला रूपमै दिन्छौं,’ नेपाल पक्षका एकजना स्थायी कमिटी सदस्यले भने, ‘निर्धारित समयभित्रै स्पष्टीकरण दिँदै प्रश्न सोध्नेछौं।’ उनका अनुसार छुट्टाछुट्टै जवाफ दिने सल्लाह भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)