मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आईएमएफको प्रक्षेपण: आर्थिक वृद्धिदर चीनको ४.५ र भारतको ७ प्रतिशत

bishowkhabar.com · Tue Oct 13 10:26:32 GMT 2026

काठमाडौं– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ । मध्यपूर्वको द्वन्द्वका कारण ऊर्जा मूल्यमा भएको वृद्धि र घरेलु उपभोगमा आएको सुस्तताले आर्थिक गतिविधिमा दबाब पारेपछि कोषले आफ्नो अनुमान घटाएको हो ।

आईएमएफले मंगलबार सार्वजनिक गरेको ‘विश्व आर्थिक परिदृश्य’ प्रतिवेदनमा चीनको आर्थिक वृद्धिदरसम्बन्धी प्रक्षेपण यसअघि जुलाईमा सार्वजनिक गरिएको अनुमानभन्दा ०.१ प्रतिशत बिन्दुले घटाइएको जनाएको छ । सन् २०२७ मा चीनको आर्थिक वृद्धि ४ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)