मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिक्री केन्द्रबाट ग्याँस नबेच्न निर्देशन

janaaastha.com

नेपाल एलपी ग्याँस उद्योग संघले उपभोक्ताहरुलाई डिलरमार्फत नै ग्याँस खरिद गर्न आग्रह गरेको छ । दशैंको बेला ग्याँस बिक्री सहज बनाउन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिक्री केन्द्र राखिएकोमा उपभोक्तालाई सास्ती भएपछि संघले डिलरमार्फत नै ग्याँस बिक्री सुचारु गर्ने जनाएको हो । भोलिसम्म मात्र संयुक्त रुपमा ग्याँस बिक्री गर्ने संघले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)