राहुल गान्धीको याचिका सर्वोच्च अदालतबाट फिर्ता, त्रुटि सच्याएर पुनः पेस गर्नुपर्ने
baahrakhari.com · Tue Oct 13 10:48:07 GMT 2026

काठमाडौं । भारतको लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले निर्वाचन आयोगको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रियालाई चुनौती दिँदै सोमबार साँझ सर्वोच्च अदालत मा दायर गरेको याचिका रजिस्ट्रीले त्रुटि औँल्याउँदै फिर्ता गरिदिएको छ । अब उनका वकिलले ती त्रुटि सच्याएर याचिका पुनः पेस गर्नुपर्ने भएको छ ।
राहुलका वकिल प्रसन्ना एसले यो सामान्य प्रक्रिया भएको र संशोधित याचिका छिट्टै पुनः पेस गरिने बीबीसी हिन्दीलाई बताएका छन् । उनले सर्वोच्च अदालतमा दायर हुने याचिकामा रजिस्ट्रीले पहिलो चरणमै संशोधन आवश्यक ठहर गर्न सक्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)