टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण
nepalnews.com · Tue Oct 13 10:50:17 GMT 2026

जुम्ला। नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२/८३ मा करिब पाँच हजार ७८९ वटा सिमकार्ड वितरण गरेको छ। त्यस्तै चालु आवको असोज समान्तसम्म टेलिकमले एक हजार २१२ वटा सिमकार्ड वितरण गरेको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख पारस पुजाराले जानकारी दिए।
उनका अनुसार जिल्लामा एक हजार ७२२ ग्राहकले नेपाल टेलिकमको तीव्रगतिको फाइबर इन्टरनेट सेवा लिएका छन्। अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा मात्र फाइबर इनटरनेट सेवा सञ्चालनमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)