मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘राप्रपालाई ‘जुरुक्कै उठाउने’ महाधिवेशन गर्नुपर्छ’ : राजेन्द्र लिङ्देन

kalakarmi.com · Tue Oct 13 10:58:05 GMT 2026

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताएका छन् । मंगलवार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल सनातन धर्म संस्कृति संगठन काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले आगामी महाधिवेशन राप्रपाको जीवनमा एउटा कोसेढुङ्गा साबित गर्नुपर्ने बताए ।

पार्टीको आगामी महाधिवेशनलाई औपचारिकतामा मात्र सीमित नराखी पार्टीको टर्निङ पोइन्ट बनाउनुपर्ने उनको भनाई छ । उनले भने,’यो महाधिवेशन एउटा प्रक्रिया पूरा गर्ने मात्र होइन । हरेक चार वर्ष, पाँच वर्षमा हामीले एउटा नयाँ नेतृत्व चुन्नुपर्ने, महाधिवेशन गर्नैपर्ने हाम्रो वैधानिक बाध्यता र त्यसकारण त्यो बाध्यता हामीले पूरा गरिराखेका छौँ, त्यो औपचारिकता पूरा गरिराखेका छौँ मात्र होइन । आउने महाधिवेशन राप्रपाको जीवनको एउटा कोसेढुङ्गा साबित गर्नुपर्ने छ हामीले ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)