सेन्स, कमनसेन्स, ननसेन्स
baahrakhari.com · Sat Nov 27 01:05:00 GMT 2021
आफूले कुनै रचना प्रकाशनार्थ प्रस्तुत गर्नुअघि सम्बद्ध स्रष्टाले त्यसको सम्पूर्ण अंश दोहोर्याई–तेहेर्याई राम्ररी हेरेर र त्यसलाई प्रकाशनयोग्य पारी मात्र पठाउनु राम्रो हो, तर त्यसो गर्न आफ्नो सानको बर्खिलाप ठान्ने लेखकहरू हामीकहाँ प्रशस्त छन् । उनीहरू कुन कुरामा ढुक्क रहन्छन् भने त्यो चुत्थो र घटिया काम सम्पादकको हो ।
सम्पादकलाई आगन्तुकसँग भेट्दैमा फुर्सद हुँर्दैन, उसले प्रकाश्य लेख हेर्ने त कुरै छैन ! सम्पादकले हेर्न नभ्याए पनि अरूले भने हेर्ने चलन छ । सम्पादकीय विभागमा उपसम्पादक प्रजातिका विद्वान्–विदूषीहरू उपर्खुट्टी लगाएर गफ छाँटिरहेका हुन्छन् । तिनलाई, प्राप्त लेखहरू जाँच्ने, अध्ययन गर्ने, त्यसमा पोखिएका विचारहरू सार्वजनिक गराउनु उपयुक्त छ छैन भनी निर्क्योेल गर्ने जिम्मा दिइएको हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)