हुलाक सेवालाई प्रविधिमैत्री बनाइने, कर्मचारीलाई जिम्मेवार बन्न मन्त्री डा. तिमिल्सिनाको निर्देशन
ictsamachar.com

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताउनुभएको छ । हुलाक सेवा विभागद्वारा आज आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको स्पष्ट पार्नुभयो ।
मन्त्री डा. तिमिल्सिनाले हुलाक सेवालाई क्षमता अभिवृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा प्रभावकारी सेवा प्रवाह गर्ने संस्थाका रूपमा विकास र विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)