मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बन्ने भयो चलचित्र ईश्वर

rajdhanidaily.com · Thu Jan 11 23:44:14 GMT 2024

काठमाडौं । नयाँ चलचित्र ‘ईश्वर’ निर्माणको घोषणा गरिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतीमा निर्माण हुने यो चलचित्रलाई राजु गिरीले निर्देशन गर्दैछन् । आफ्नो नयाँ चलचित्र नम्बरी सुनको रिलिजको तयारीमा रहेको गिरीले इश्वरको निर्माण घोषणा गरेका हुन् ।

यो चलचित्रको कलाकारलाई अनुबन्धितसँगै निर्माण घोषणा गरिएको हो । यो चलचित्रमा अभिनेता पृथ्वीराज प्रसाईंसँगै सुनिल थापा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गिता अधिकारी अनुबन्धित भएका छन् । यो चलचित्रको छायाँकन २८ माघबाट सुरु गरिने निर्देशक राजु गिरीले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)