इँटा भट्टामा पुरिएर तीन मजदुरको मृत्यु, २ घाइते
annapurnapost.com · Sat May 16 04:22:32 GMT 2026

रौतहट : सर्लाहीमा इँटा भट्टामा पुरिएर तीन मजदुरको मृत्यु भएको छ । हरिपुर नगरपालिका –५ मजुर्बास्थित कृष्ण इँटा भट्टामा पुरिएर शुक्रबार साँझ तीन जना मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भट्टाबाट इँटा निकाल्ने क्रममा माटो र इँटाको थुप्रो अचानक खसेर भएको दुर्घटनामा पुरिएर सर्लाहीको गोडैता नगरपालिका –७ रामवनका ५० वर्षीय फिताइ मन्सुर, गोडैता नगरपालिका –९ का ३५ वर्र्षीय शम्भु राउत र भारत लखेमपुर बस्ने ३५ वर्षीय अंगद कुमारको मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राइले जानकारी दिए । सर्लाहीकै कौडेना गाउँपालिका निवासी वीरेन्द्र चौधरीले सञ्चालन गरेको इँटा भट्टामा घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)