दोषी देखिए सांसद खगेन्द्र सुनारमाथि कारवाही हुनेछ -कविन्द्र बुर्लाकोटी
kendrabindu.com · Tue Oct 13 11:18:25 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले अडियो प्रकरणमा दोषी देखिए सांसद खगेन्द्र सुनारमाथि कारवाही हुने स्पष्ट पारेका छन् ।
मंगलबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले सुनारको अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगले छानबिन सुरु गरिसकेको र दोषी देखिए कारवाही हुने स्पष्ट पारेका हुन् । उनले छानबिन प्रक्रिया टुङ्गोमा नपुग्दासम्म सुनारलाई पदीय हैसियतमा कुनै पनि औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन दिइएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)