ग्यासको लाइन हटेन, बुधबारपछि संयुक्त बिक्री बन्द गर्दै उद्योगी
barnanmedia.com · Tue Oct 13 11:12:28 GMT 2026

चाडपर्वमा ग्यासको सहज आपूर्ति गर्ने भन्दै सुरु गरिएको सबै ब्रान्डका सिलिन्डर साटेर ग्यास लिन पाउने व्यवस्था तीन दिनमै सीमित हुने भएको छ । नेपाल एलपी ग्यास उद्योग संघले बुधबारपछि संयुक्त बिक्री बन्द गरी पुरानै व्यवस्थाअनुसार डिलरमार्फत ग्यास बिक्री गर्ने जनाएको छ ।
उपभोक्तालाई जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर आफूलाई पायक पर्ने स्थानबाट ग्यास लिन सहज होस् भन्ने उद्देश्यले उद्योगीहरूले असोज २५ गतेदेखि संयुक्त बिक्री सुरु गरेका थिए । सुरुमा ६ बिक्री केन्द्रबाट थालिएको व्यवस्था सोमबार १० केन्द्रमा विस्तार गरिएको थियो । तर, बिक्री व्यवस्था सुरु गरेको केही दिनमै उद्योगीहरूले यसलाई सीमित गर्दै बुधबारसम्म मात्रै सञ्चालन गर्ने निर्णय गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)