मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द

deshsanchar.com · Mon Apr 14 23:20:20 GMT 2025

काठमाडौँ- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि आजदेखि रातको समयमा बन्द गरिने भएको छ।

सडक विस्तार छिटो सम्पन्न गर्न भन्दै आजदेखि रातको समयमा सडक बन्द गर्न लागिएको हो। नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार दाउन्ने खण्डमा आज राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)