मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आजदेखि राजविराजमा मधेस प्रिमियर लिग प्रतियोगिता हुँदै

barnanmedia.com · Mon Apr 14 23:30:01 GMT 2025

मधेस प्रिमियर लिग (एमपिएल) को तेस्रो संस्करणको तयारी पूरा भएको छ । आजदेखि सुरू हुने प्रतियोगिताको अन्तिम तयारी सम्पन्न भएको सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतियोगिताको मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले आज बिहान ११ बजे राजविराजस्थित पवि माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिताको उद्घाटन गर्नुहुनेछ । उद्घाटन खेलमा छिन्नमस्ता रुपनी मधेस राइडर्स र कोसी दुहबी क्यापिटलले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कूल छ वटा समूहले प्रतिस्पर्धा गर्ने आयोजक एमपिएलका अध्यक्ष इञ्जिनियर सञ्जीनारायण यादवले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)