दोधारा–चादँनी झोलुङ्गे पुल पुनर्निर्माण गर्न २० करोड लाग्ने अनुमान
nepalnews.com · Tue Oct 13 11:40:31 GMT 2026

महेन्द्रनगर। कञ्चनपुरको ऐतिहासिक दोधारा चादँनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि २० करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। गत असोजको दोस्रो साता महाकाली नदीमा रहेको झोलुङ्गे पुलको एउटा पिल्लर भत्किएको र अन्य भागमा समेत क्षति पुगेपछि पुलमा आवागमन बन्द छ।
काठमाडौंबाट सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा आएको प्राविधिक टोलीले पुलको क्षति अध्ययन गरेको छ। उपमहानिर्देक अधिकारीले आफूहरुले पुलको क्षतिको अवस्था र पुनर्निर्माणमा लाग्ने खर्च विवरणसहितको प्रतिवेदन स्थानीय पूर्वाधार विकास विभागमा प्रतिवेदन पेस गरेको जानकारी दिए। टोलीले सात करोड बराबरको क्षति भएको निष्कर्ष निकालेर प्रतिवेदन विभागमा पेस गरेको छ। उनले पुल पुनर्निर्माणका लागि २० करोड लाग्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)