मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

चिकित्सकसहित गाउँ गाउँमा कुलचन्द्र

gorkhapatraonline.com · Mon Apr 14 23:56:55 GMT 2025

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), वैशाख २ गते । कुलचन्द्र गौतम संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिव हुनुहुन्छ । इस्मा गाउँपालिका–६, अमरपुरमा जन्मनुभएका गौतम राष्ट्रसङ्घको उच्च ओहदामा पुग्ने पहिलो नेपाली पनि हुनुहुन्छ । उहाँले कर्मका कारण गाउँ छोडेको बर्सौं भयो । परिवारसँगै अमेरिकामा बस्दै आउनुभएका गौतमलाई पद र प्रतिष्ठाले गाउँ नआए पनि पुग्छ । गाउँ छोडेपछि नफर्केका कैयौँ प्रतिष्ठित व्यक्ति पनि छन् तर अन्तर्राष्ट्रिय छवि बनाउनुभएका गौतमले जन्मभूमि र माटोप्रति निरन्तर काम गर्दै आउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)