पाल्पाका पर्यटकीयस्थलमा घुइँचो
barnanmedia.com · Mon Apr 14 23:51:30 GMT 2025

नयाँ वर्षको पहिलो दिन सोमबार पाल्पाका पर्यटकीय तथा धार्मिकस्थलमा घुम्न आउनेको घुइँचो लागेको छ । तानसेनको श्रीनगरडाँडा, रानीमहल, रुरु क्षेत्र, तेल्घा, रिब्दीकोटको भैरवस्थान, रम्भाको रिमिघा लेक, कौडे लेक, तिनाउको जन्तीलुङ्ग, मरामकोट रम्भादेवी, वंशगोपाल पार्क, तालपोखरा, कौडेलेक, रिडी, राम्दीलगायत चर्चित पर्यटकीय तथा धार्मिकस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको हो ।
विभिन्न क्षेत्रबाट रमाइलोसँगै पर्यटकीयस्थलको अवलोकन गर्न, घुम्न र यहाँका नदीमा स्नान गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको स्थानीय बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)