मुस्ताङका पालिकालाई अपाङ्गतासम्बन्धी सहायता सामग्री हस्तान्तरण
barnanmedia.com · Mon Apr 14 23:53:20 GMT 2025

यहाँका पालिकालाई अपाङ्गतासम्बन्धी सहायता सामग्री हस्तान्तरण गरिएको छ । शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका र हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकलाई लक्षित गरी जिल्लास्थित सामाजिक विकास कार्यालयले सोमबार अपाङ्गता सहायता सामग्री हस्तान्तरण गरेको हो ।
घरपझोङ गाउँपालिका कार्यालयमा जिल्लाका पाँचै वटा पालिकालाई आवश्यकताका आधारमा सामाजिक विकास कार्यालयले अपाङ्गतासम्बन्धी सहायता सामग्री हस्तान्तरण गरेको कार्यालयका प्रमुख रेवतीरमण सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवको वार्षिक स्वीकृत कार्यक्रमअनुसार शारीरिक रूपले हिँडडुल गर्न नसक्ने अशक्त व्यक्तिको सुविधाका लागि चार किसिमका अपाङ्गतासम्बन्धी सहायता सहायता सामग्री हस्तान्तरण गरी पालिकालाई जिम्मा लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)