रामपुरमा स्थायी लेखा नम्बर दर्ता सेवा सुरू
gorkhapatraonline.com · Tue Oct 13 12:15:59 GMT 2026

पाल्पाको रामपुर नगरपालिकाले व्यावसायिक तथा व्यक्तिगत स्थायी लेखा नम्बर (पान नं.) वितरण सेवा सुरु गरेको छ । आन्तरिक राजश्व कार्यालय बुटवलको समन्वयमा मंगलबारदेखि नगरपालिकाबाटै कर सेवा शुभारम्भ गरेको हो ।
सेवाको शुभारम्भ गर्दै रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले नगरभित्रका व्यवसायीहरूको आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाको कार्यालयबाटै स्थायी लेखा नम्बर दर्ता सेवा सुरु गरेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)