युगान्डामा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ पुग्यो
Ujyaaloonline.com · Wed Oct 19 00:58:32 GMT 2022
युगान्डामा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले इबोलाका कारण पछिल्लो चार दिनमा थप पाँच जनाले ज्यान गुमाएका पुष्टि गरेको छ ।
योसँगै युगान्डामा इबोलाका कारण २४ जनाले ज्यान गुमाएका छन् । पछिल्लो पटक सङक्रमणका दुई नयाँ केस दर्ता भएपछि सङक्रमितको संख्या ६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमण नियन्त्रणका लागि मुबेन्दे र छिमेकी कसण्डा जिल्लामा २१ दिनदेखि लकडाउन र रातमा कर्फ्यु लगाइएको छ । सरकारले राजधानी कम्पाला सहरलाई पनि सम्भावित उच्च जोखिममा राखेको छ । इबोला भाइरसबाट सर्ने एक रोग हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)