आगामी आर्थिक वर्षमा दूधमा पाइने अनुदान वृद्धि हुन्छ : मेयर रेनु दाहाल
ratopati.com
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगामी आर्थिक वर्षमा दूधमा पाइने अनुदान वृद्धि हुने बताएकी छन् । मेयर दाहालले भरतपुर महानगरपालिकाले दूधमा प्रति लिटर रु ३ रुपैयाँ अनुदान दिने कार्यक्रम एकदमै प्रभावकारी बनेको बताइन् ।
आदर्श पशुपालन तथा दूध खरिद विक्री केन्द्र भरतपुर–८ ले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान कार्यक्रममा मेयर दाहालले सो कुरा बताएकी हुन् । कृषिमा भरतपुर महानगरपालिकाले उत्पादन बढाउने र लागत घटाउने नीति लिए अनुसार यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा उत्पादनलाई प्रथामिकता दिएको जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)