लिग २ मा नेपालको लगातार दोस्रो जित, ओमान ६३ रनले पराजित
nepalviews.com · Tue Oct 13 12:33:13 GMT 2026
काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ को आफ्नो अन्तिम त्रिकोणी सिरिजमा लगातार दोस्रो जित हात पारेको छ । ओमानमा मंगलबार भएको खेलमा नेपालले घरेलु टिम ओमानमाथि ६३ रनको विशाल जित हात पारेको हो ।
यो जितसँगै नेपालले लगिको शीर्ष ५ मा रहने सम्भावना बलियो बनाएको छ । नेपालको जितमा ब्याटिङतर्फ रोहित पौडेलले ६१, करण केसीले ४० र बसिर अहमद तथा इशान पाण्डेले ३७–३७ रनको योगदान दिए । अन्तिममा करण केसीले १६ वर्षमा ४० रन बनाएपछि नेपालले ७ विकेटको क्षतिमा २६३ रन बनाएको थियो । जवाफमा ओमान १५० रन बनाउँदा अलआउट भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)