अन्तिमसम्म चलखेल गर्दा पनि मुख्यसचिवले हटाउन सकेनन् कुलिङ पिरियड, हातोहात नियुक्ति खानेलाई धक्का
barnanmedia.com · Tue Sep 02 21:29:03 GMT 2025

मंगलबार सिंहदरबारमा खुसी र निराशा एकसाथ छायो। राष्ट्रिय सभाले संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड कायम राखेर पारित गरेपछि सिंहदरबारमा अनौठो दृष्य थियो। उपल्लो तहमा बहालवाला अनि भोलि सेवानिवृत्तपछि राजनीतिक नियुक्तिको चाजोपाचो मिलाइरहेका कर्मचारी निराश बनेका थिए। भने माथिल्लो तहमा पुग्न नसक्ने र पुगेका पनि नियुक्तिको लोभ नभएका अर्थात् नियुक्तिका लागि सेटिङ मिलाउन नसक्नेहरू भने खुसी भए।
निजामती सेवा विधेयकको सबैभन्दा विवादित विषय नै कर्मचारीलाई कुलिङ पिरियड लगाउने कि नलगाउने भन्ने थियो। हाल राजिनामा दिएर वा सेवा निवृत्तपछि कर्मचारीलाई जुनसुकै क्षेत्र (योग्यता पुगेका)मा नियुक्ति खान रोकतोक छैन। तर, राष्ट्रियसभाले पारित गरेको विधेयकअनुसार अब राजीनामा वा सेवानिवृत्तको २ वर्षसम्म कुनै पनि ठाउँमा नियुक्ति खान पाउने छैनन्। प्रतिनिधिसभाले गरेको गल्ती सच्याउँदै राष्ट्रियसभाले विधेयकमा ‘कुलिङ अफ पिरियड’ राखेका हो । यसअघि प्रतिनिधिसभाले पनि २ वर्ष कुलिङ पिरियड राखेका थियो। तर, कुटनीतिक क्षेत्रमा जाने बाटो कायमै राखेको थियो। अहिले बन्द गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)