छोरीसहित बेइजिङ पुगे किम
barnanmedia.com · Tue Sep 02 21:56:36 GMT 2025

उत्तर कोरियाली नेता किम जोङ उन छोरी किम जु एसहित चीनको राजधानी बेइजिङ पुगेका छन्। तस्बिरहरूमा उनी छोरीसँगै आफ्नो बख्तरबन्द रेलबाट बेइजिङ रेलवे स्टेसनमा ओर्लिएको देखिन्छ।
किम चीनमा बुधबार हुने ‘विजय दिवस’ परेडमा सहभागी हुनेछन्। यस अवसरमा उनी चीनका राष्ट्रपति सी जिनपिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलगायत अन्य विश्व नेतासँग भेट गर्नेछन्। यो किमको पहिलो बहुपक्षीय बैठक हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)