राजसंस्था पुनःस्थापनाको माग चर्किंदा प्रधानमन्त्री ओलीले खोजे नयाँपुस्ताको साथ
rajdhanidaily.com · Tue Apr 08 22:54:19 GMT 2025

काठमाडौं । संवैधानिक राजसंस्था, संघीयताको खारेजी, हिन्दू धर्मको पुनःस्थापनासहितको माग गर्दै राजधानी काठमाडौंमा आन्दोलन भइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै राजतन्त्रका लागि दबाब दिइरहेको छ ।
राजावादीले यसअघि १५ चैतमा काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेको थियो । सो हिंसात्मक प्रदर्शनले दुई जनाको ज्यान गयो । सरकारी, निजी, राजनीतिक दलका कार्यालयसहितमा आगजनी, तोडफोडसमेत भयो । त्यसयता राजावादीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् । मंगलबार भृकुटीमण्डपमा सभा गर्न खोजेपछि प्रशासनले उनीहरूलाई बल्खुमा ठाउँ दियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)