मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकार–शिक्षक आ–आफ्नै अडानमा

rajdhanidaily.com · Tue Apr 08 23:02:14 GMT 2025

काठमाडौं । साता दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरुलाई वार्तामा आउन सरकारले पुनः आह्वान गरेका छ । मंगलबार एक सूचना जारी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आग्रह गरेको हो ।

यसअघि मन्त्रालयले चैत २१ र २२ गते वार्तामा बोलाएपनि शिक्षक महासंघले अस्वीकार गरेको थियो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाद्वारा मंगलबार हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म यस मन्त्रालयसँग औपचारिक रूपमा त्यस्तो छलफल तथा परामर्श सकेन र हालसम्म पनि ध्यानाकर्षण कार्यक्रम निरन्तर नै रहेको सन्दर्भमा यस मन्त्रालयमा भोलि मिति २०८१–१२–२७ गतेका दिन वार्ता र संवादका लागि राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक(कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई पुनः आमन्त्रण गरिन्छ । साथै, वार्ता र संवादको समय तालिका आपसी सल्लाह अनुसार तय गरिनेछ ।’

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)