सिरहाको लहानमा आमा–छोरा मृत फेला , श्रीमान् सम्पर्कविहीन
barnanmedia.com · Tue Sep 02 22:17:38 GMT 2025

सिरहाको लहानमा आमा–छोरा मृत फेला परेका छन्। मंगलबार लहान नगरपालिका १ मटिअर्वामा २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षका छोरा एरोन मृत फेला परेका हुन्।
९ महिनाका अर्का छोराको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक दीपककुमार सिंहले बताए। रञ्जिता झुण्डिएको अवस्थामा फेला परेकी हुन्। उनका जेठा छोरा एरोन भने खाटमुनी मृत भेटिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)