मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बिगुको टाशी छिमे गाछल गुम्बा पुनर्निर्माण

abhiyandaily.com

दोलखा । दोलखाको बिगु गाउँपालिका वडा नं ७ मा रहेको टाशी छिमे गाछल गुम्बा (बिगु गुम्बा)को पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको उक्त गुम्बाको पुनर्निर्माण नेपाल सरकार र विभिन्न दाताहरूको आर्थिक सहयोगमा भएको हो ।

गुम्बाको पुनर्निर्माण गर्न करीब ७ करोड रुपैयाँ खर्च भएको गुम्बाका लामा घिसे साङ्गे शेर्पाले जानकारी दिए । गुम्बा पुनर्निर्माणका लागि नेपाल सरकारले ४ करोड ८५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । बाँकी रकम श्रद्धालुहरूको सहयोगमा जुटेको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)