डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना ८९ प्रतिशत सम्पन्न
lokaantar.com

म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पुगेको छ। २५ किलोमिटर लामो प्रसारण लाइन र दुई सबस्टेसन निर्माणका लागि २०२१ डिसेम्बरमा तीन अर्ब ५७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
तेस्रो पटक थपिएको म्याद अगस्ट १६ मा सकिन लागे पनि आयोजना समयमै सम्पन्न हुने अवस्था नरहेको आयोजना कार्यालयले जनाएको छ। वन क्षेत्रमा रूख कटान आदेश ढिलो प्राप्त हुनु, कमजोर भूगोल, विपद्को जोखिम र स्थानीय विवादका कारण निर्माणमा ढिलाइ भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)