‘कबड्डी ५’को ट्रेलर सार्वजनिक, के काजीको जीवनमा आउला त नयाँ मोड ?
kendrabindu.com · Tue Oct 13 13:43:01 GMT 2026

काठमाडौं । लोकप्रिय नेपाली चलचित्र ‘कबड्डी’ शृङ्खलाको पाँचौ भाग ‘कबड्डी ५ (आफ्टर द फाइलन म्याच)’ को ट्रेलर सार्वजनिक भएको छ । मंगललबार काठमाडौँमा आयोजित कार्यक्रममा सार्वजनिक ट्रेलरले काजीको जीवनमा आउने परिवर्तन, सम्बन्धमा देखिने उतारचढाव र नयाँ पात्रहरुबीचको रोचक घटनाक्रमलाई संकेत गरेको छ।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्र कात्तिक ६ गते (अक्टोबर २३) देखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ । बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्र ‘कबड्डी’ पाँचौँ तथा ‘फाइनल म्याच’ का रुपमा प्रस्तुत गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)