मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

युवराज राईको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन

ratopati.com · Tue Oct 13 13:47:58 GMT 2026

विराटनगर । विराटनगरमा जारी किरात राईहरूको साझा जातीय संस्था किरात राई यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशनबाट युवराज राईको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।

संस्थाको विधान, २०४८ को दफा १० बमोजिम महाधिवेशनको बन्दसत्रले आगामी कार्यकालका लागि पदाधिकारी तथा सदस्यहरूको चयन गरेको हो । नयाँ कार्यसमितिको सहअध्यक्षमा जनक राई र अर्जुन जम्नेली राई चयन भएका छन्। यस्तै उपाध्यक्षहरूमा भीमराज राई, कृष्ण कुमार राई, मातृका राई, नगेशचन्द्र राई, सुमन राई, परशुराम राई र गणेश खालिङ राई छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)