मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जोखिमयुक्त नदी किनारका बस्ती सुरक्षित गर्न आग्रह

ratopati.com · Tue Oct 13 13:46:00 GMT 2026

काठमाडौँ। राष्ट्रियसभाको भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका सभापति कृष्णप्रसाद पौडेलले नदी किनारका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण नगरी विपद् जोखिम न्यूनीकरण सम्भव नहुने भन्दै त्यसका लागि सरकारले नीतिगत तथा दबाबमूलक कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

समितिको मंगलबारको बैठकमा उनले नदी किनारका बस्ती अत्यधिक जोखिममा रहेको तथ्य ढिलोचाँडो स्वीकार गर्नुपर्ने भन्दै जनचेतनामूलक कार्यक्रमबाट मात्रै जोखिमयुक्त बस्ती स्थानान्तरण सम्भव नभए सरकारको नीति तथा कार्यक्रममा नै त्यसलाई समेटेर आवश्यक कदम चाल्नुपर्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)