मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘एससिओ’ शिखर सम्मेलनमा सहभागितापछि प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

ratopati.com · Tue Sep 02 22:56:00 GMT 2025

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियानजिनमा सम्पन्न साङ्घाई सहयोग सङ्गठन ९एससिओ० शिखर सम्मेलनमा सहभागी भएर बुधबार स्वदेश फर्कँदै छन्। उनी चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए भने एससिओ शिखर सम्मेलनलाई सम्बोधन पनि गरेका थिए। नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)