कस्तो रहला आजको मौसम ?
nepalviews.com · Wed Aug 12 00:59:07 GMT 2026

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानको आसपास अवस्थित छ।
हाल देशको हिमाली र पहाडी भूभागमा साधारणतया बदली (आंशिकदेखि पूर्ण बादल) रहेको छ भने मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भूभागमा आंशिक बादलीसँगै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। यसैक्रममा कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा अहिले चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)