बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
ratopati.com · Sat Sep 28 17:56:00 UTC 2024

काठमाडौँ । अविरल वर्षाका कारण खोलाले बगाएर मनोहरामा अड्किएको बुलेटमा ६ मेट्रिकटन ग्यास रहेको बताइएको छ । नेपाल आयल निगमका अनुसार सो बुलेटमा उक्त परिमाणमा ग्यास रहेको हो । निगमका निर्देशक मनोज ठाकुरका अनुसरा सामान्यतया बुलेटमा पूरा ग्यास हुँदा १८ देखि २० मेट्रिकटन तौल हुन्छ ।
उक्त बुलेट पशुपति अटो नामक कम्पनीको हो । यसले ग्यासबाट चल्ने गाडीहरुमा रिफ्युलिङको काम गर्दै आएको थियो । अविरल वर्षाले प्लान्ट नै बगाएपछि बुलेट समेत बगेको पाइएको नेपाल एलपी ग्यास संघका अध्यक्ष शिव घिमिरेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)