महासमिति बैठकका लागि हुम्ला कांग्रेसबाट ७ बुँदे सुझाव
ekantipur.com · Wed Feb 14 17:13:16 GMT 2024
हुम्ला — नेपाली कांग्रेस कार्यसम्पादन समिति हुम्लाको बैठकले महासमिति बैठकका लागि ७ बुँदे सुझाव दिने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय सिमकोटमा बसेको समिति बैठकले पार्टी सरकारमा रहेको अवस्थामा र अन्य अवस्थामा देशमा रहेका गम्भीर समस्या र जनताका जल्दाबल्दा समस्या समाधान गर्दै पार्टीलाई अझ मजबुत र बलियो बनाउन ७ बुँदे सुझाव दिने निर्णय गरेको कांग्रेस हुम्लाका कार्यवाहक सभापति कैलाश भण्डारीले बताए ।
उनका अनुसार नीति अधिवेशनसमेत गर्ने गरी कांग्रेसले फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा संचालन हुने महासमिति बैठकमा कामका आधारमा पार्टीमा योगदान र कामका आधारमा मूल्यांकन प्रणालीको व्यवस्था गर्न जरुरी रहेको, सरकारको प्रमुख हिस्सेदार रहेकाले समग्र मुलुकको विकास र सुशासन प्रभावकारी रुपमा हुनु पर्ने, महाधिवेशन प्रतिनिधिका रुपमा निर्वाचित भएर जाने केन्द्रीय पदाधिकारीदेखि सबै तहका नेता वडा अधिवेशनबाट निर्वाचित भएर जानु पर्ने, अनुशासन र कारबाही पारदर्शी, न्यायिक र कडा रुपले हुनुपर्नेजस्ता सुझाव छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)