देउवा देशकै सर्वमान्य हुनुपर्छ, बालेनदेखि गगनसम्मले यो कुरा मान्नुपर्छ
nepalpress.com · Wed Aug 12 01:55:05 GMT 2026

लोकतन्त्रको सौन्दर्यता भन्नु नै प्रतिस्पर्धा हो । नेपालमा अभ्यास भइरहेको लोकतन्त्रले केवल प्रतिस्पर्धाको सौन्दर्यतामात्र प्रवर्द्धन गरिरहेको छैन, विभाजन र विग्रहको विकार पनि सँगसँगै मौलाइरहेको पाइन्छ । नेपाली कांग्रेसभित्र देखिएको त्यो विकार अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा देखिँदै छ । सारमा भन्नुपर्दा विभाजन र विग्रह चाहे जुनसुकै दलमा होस्, उचित होइन । प्रतिस्पर्धाको परिणाम एकता र सुदृढीकरण हुनुपर्नेमा त्यसको फलका रुपमा विभाजन र विग्रह मौलाइरहेको छ ।
नेपाली कांग्रेस विभाजनको डिलमा उभिएको बेला नवगठित रास्वपा पनि त्यही नियतिको शिकार भइरहेको छ । कम्युनिष्ट पार्टीहरू त विभाजन र विग्रहको मनोदशाबाट वर्षौँदेखि गुज्रिँदै आएका छन् । अहिले पनि सबैजसो कम्युनिष्ट घटकमा विग्रहका फरक फरक बान्की पेस भइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)